शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भियतनामसँग नेपाल पराजित

एक्सप्रेस पाना
चैत्र २५, २०७९ शनिबार
  • 213
    SHARES
  • भियतनामसँग नेपाल पराजित

    काठमाडौँ । नेपालमा सम्पन्न पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा पनि बलियो टोलि भियतनामसंग पराजित भएपछि नेपालको पेरिस ओलम्पिक खेल्ने सपनामा पुर्णविराम लागेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा घरेलु  टोलि नेपाल भियतनामसंग २-० गोलअन्तरले पराजित भएको हो ।

    पहिलो हाफमा सम्हालिएर खेल्न नसकेको नेपालले पहिलो हाफमै दुई गोल व्यहोरेको थियो। नेपाली टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले गल्ति गर्न पुग्दा नेपालले दुई मिनेटको अन्तरमा  दुई गोल व्यहोरेको थियो। एन्जिलाले हातले समातेको गोल छोड्दा पहिलो  व्यहोरेको  नेपालले अर्को  मिनेटमा फेरि गल्ति गर्दा दोस्रो गोल व्यहोरेको थियो ।

    images

    भियतनामका लागी दुवै गोल फाम हाइ येनले खेलको पाँचौ र सातौ मिनेटमा गरिन्। पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भियतनामलाई केही दबाबमा राखेको थियो। भियतनामलाई दबाबमा राख्दै केही आक्रमक  बने पनि नेपालले गोल भने गर्न सकेन्। खेलको ६२ औ मिनेटमा दिपा शाहीले गोल गर्ने राम्रो अवसर पाएपनि उनको प्रहार गोलपोष्टमा ठोक्किएर फर्किएको थियो।

    सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि मुख्य गोलकिपर सुब्बाको स्थानमा दोस्रो हाफमा अन्जना राना मगरलाई मैदान प्रवेश गराइएको थियो। पहिलो खेलमा गोल गरेकी साम्बा आजको खेलमा गोल गर्न चुकिन्। खेलको पहिलो हाफको अन्तयतिर गोल गर्ने राम्रो मौका पाएपनि साम्बा त्यसमा सफल हुन सकिनन्। साम्बाले नेपालको जर्सिमा ४३ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन्।

    यस खेल हेर्नका लागी दशरथ रंगशालामा १९२५ जना दर्शकको उपस्थिति रहेको थियो। नेपालले पहिलो खेल ५-१ ले गुमाएको थियो। जित्नैपर्ने दबाबमा रहेको नेपाल यो पराजयसंगै दोस्रो चरण पुग्न असफल भएको हो। यसअघी नेपालले अघिल्लो ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।

     

  • सम्बन्धित विषय:

  • # फुटबल