शनिबार, श्रावण ३० गते २०८३
images
images

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 247
    SHARES
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । आजका दुई खेल अपराहन्न २ बजेदेखि शुरु हुदै छन् भने तेस्रो खेल साँझ ५:४५ देखि हुने छ ।

    images

    आज एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र न्यूरोड टिम एनआरटीबीच खेल हुँदै छ भने दोस्रो खेल संकटा क्लब र मछिन्द्र क्लबबीच दशरथ रंगशालामा हुदै छ ।

    त्यस्तै साँझ हुने तेस्रो खेल सातदोबाटो युथक्लब र त्रिभुवन आर्मी क्लबबीच दशरथ रंगशालामा हुने छ ।

    images

    जारी सिजन ६ खेलबाट १४ अंक बनाएको मनाङ शीर्ष स्थानमा रहेको छ भने समान अंक भएको जावलाखेल दोस्रो र १२ अंक बनाएको चर्च ब्वाइज तेस्रो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल