शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : मछिन्द्र र एनआरटी विजयी

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 339
    SHARES
  • ए डिभिजन लिग : मछिन्द्र र एनआरटी विजयी

    काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले दोस्रो जित निकालेको हो ।

    मछिन्द्रको जितमा विमल घर्ति मगर र आफिज ओलावालेले एक एक गोल गरे । संकटाका लागि मनिष डाँगीले एक गोल फर्काए ।

    images

    उक्त जितसँगै ७ खेलबाट ९ अंक रहेको छ । यता पराजित संकटाको भने समना देलबाट समान ९ अंक रहेको छ । 

    यस्तै एन्फा मुख्यालयमा भएको खेलमा हिमालयन शेर्पा क्बललाई २-१ गोलले हराउँदै एनआरटीले पुनरागमन जित निकालेको छ । हारसँगै  शेर्पाको ७ खेलमा ६ अंक रहेको छ भने एनआरटीको समान खेलबाट पहिलो जितसहित ६ अंक जोडेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल