शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी

एक्सप्रेस पाना
चैत्र २६, २०७९ आइतबार
  • 256
    SHARES
  • आर्मी र सातदोबाटोको रोमाञ्चक बराबरी

    काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सातौं चरणको खेलमा सातदोबाटो युथ क्बल र त्रिभुवन आर्मी फुटबल क्बलले ३-३ गोलको बराबरी खेलका छन् । 

    images

    खेलमा आर्मीले ३ पटक अग्रता बनाएको थियो । आर्मीका लागि गिलेस्पे कार्कीले २ गोल र दपक गुरुङले एक गोल गरे । यता सातदोबाटोका लागि दिपक राज सिंह ठकुरी र सरडोरबेक र विलियमले एक एक गोल गरे । 

    आर्मीका लागि खेलको ४ मिनेटमा गिलेस्पे कार्कीले सुन्दर गोल गरे । तर खेलको २५औं मिनेटमा सातदोबाटोका लागि दिपक राज सिंह ठकुरीले गोल गरि खेलमा १-१ गोलको बराबरी अबस्थामा ल्याए ।

    images

    त्यसपछि ३७औं मिनेटमा पुन: आर्मीका लागि गिलेस्पे कार्कीले गोल गरि खेलमा २-१ गोलको अग्रता दिलाए । खेलको ४८औं मिनेटमा सातदोबाटोका लागि सरडोरबेकले गोल गरि सातदोबाटोका लागि २-२ को अबस्थामा ल्याए ।

    खेलको ५२औं मिनेटमा आर्मीका लागि दिपक गुरुङले गोल गरि खेलमा पुन: ३-२ गोलको अग्रता दिलाए । 

    ८६औं मिनेटमा सातदोबाटोका लागि विलियाले गोल गरी खेल ३-३ गोलको रोमाञ्चक बराबरी अबस्थामा ल्याए । त्यसपछि बाकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडै । 


    उक्त बारबरी सँग आर्मी जारी सिजन ७ खेलबाट ९ अंक बनाएको छ । यता सातदोबाटोले समान खेलबाट १३ अंक रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल