काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुल र आर्सनल बराबरीमा रोकिएका छन् ।
आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई बराबरीमा २-२ गोलको रोकेको हो ।
आर्सनलले पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको थियो ।
खेलको ८७औँ मिनेटमा रोबेर्ट फिर्मिनोले गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए । यस अघि लिभरपुलका लागि मोहमद सलाहले गोल गरेका थिए ।
त्यस्तै आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरेका थिए ।
उक्त बराबरीसँगै आर्सनलको ३० खेलमा ७३ अंक रहेको छ । र लिगको शिर्ष स्थानमा रहेको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ६ अंकले अगाडी रहेको छ । यद्यपी सिटी एक खेल कम खेलेको छ ।
यता लिभरपुलको २९ खेलमा ४४ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ ।



