काठमाडौँ । राजधानी राजी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सातौं चरणको खेलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ क्लब बराबरी खेलेका छन् ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज र एपीएफ गोलरहित बराबरीमा रोकिएका हुन् ।
उक्त बराबरीसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
यो खेलपछि चर्च ब्वाइजको ७ खेलमा १३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै एपीएफ क्लबको ७ खेलमा ११ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।



