काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा राजधानीमा जारी यस सिजनको शहिद स्माकर ए डिभिजन लिग फुटबलमा आज आठौं चरणका खेलहरु सुरु हुँदैछ ।
आज दुई खेल हुँदैछ । उक्त दुबै खेल दिउँसो २ बजेबाट एन्फा मुख्यालय र च्यासल रंगशालामा हुनेछ ।
आज च्यासल रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्बलले एफसी खुमलटारको सामना गर्नेछ । भने एन्फा मुख्यालय सातदोबाटोमा हुने खेलमा जावलाखेलले आर्मीको सामना गर्नेछ ।
जारी सिजन ७ खेलबाट मनाङ १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट १४ अंकसहिज जावलाखेल दोस्रो स्थानमा रहेको छ ।



