काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएका छन् ।
सोमबार राति भएको खेलमा बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा गिरोनाले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो ।
यो बराबरीपछि दुवैले एक एक अंक बाँडेका छन् ।
जारी सिजन बार्सिलोनाको २८ खेलमा ७२ अंक भएको छ र बार्सिलोना शिर्ष स्थानमा कायम छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट १३ अंकले अगाडी रहेको छ ।
त्यसैगरी गिरोनाको २८ खेलमा ३५ अंक छ र लिगमा ११औं स्थानमा रहेको छ ।



