काठमाडौं । राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार संकटाले एनआरटीलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको २२औं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ३७औं मिनेटमा मनिष डाँगीले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ६२औं मिनेटमा एनआरटीका निकोलस सेर्जी सङले गोल गरेपनि संकटा २-१ ले विजयी भयो ।
उक्त जितसँगै संकटाको यो तेस्रो जित निकालेको हो । संकटाले ८ खेलमा १२ अंक जोडेको छ । संकटा सातौं स्थानमा उक्लिएको छ । पराजित एनआरटीले ८ खेलमा ६ अंक जोडे र चौंथो हार व्यहोर्दै ११ औं स्थानमा रहेको छ ।



