शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा

एक्सप्रेस पाना
चैत्र २९, २०७९ बुधबार
  • 222
    SHARES
  • मनाङलाई हराउँदै सातदोबाटो शीर्ष स्थानमा

    काठमाडौं । सातदोबाटो थुथ क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

    सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ४०औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई जित दिलाएका हुन् । निरज चौधरीले उपलब्ध गराएको पासमा उनले गोल गरे ।

    images


    उक्त जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ८ खेलमा १६ अंक जोडेको छ । सातदोबाटोको यो पाँचौं जित हो । यता पराजित मनाङले भने सिजनको पहिलो हार ब्यहोरेको छ । मनाङ ८ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल