काठमाडौं । यूरोपको सबैभन्दा ठूलो क्बल फुटबल प्रतियोगिता यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई २-० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे ।
खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।
मार्कोले ७४औँ मिनेटमा दोस्रो गोल गरेका थिए । यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।



