शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्मीमाथि खुमलटारको जित

एक्सप्रेस पाना
बैशाख २, २०८० शनिबार
  • 189
    SHARES
  • आर्मीमाथि खुमलटारको जित

    काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एफसी खुमलटारले त्रिभुवन आर्मीमाथि रोमान्चक जित निकालेको छ ।

    images

    शनिबार दशरथ रंगशालामा भएको खेलमा खुमलटारले आर्मीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    खुमलटारको जितमा मेसोउके ओलोउमोउले दुई गोल गरे भने रेजिन सुब्बाले एक गोल गरेका थिए । यता त्रिभुवन आर्मीका लागि नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै ९ खेलमा १० अंक जोड्दै खुमलटार लिगको १०औं स्थानमा उक्लिएको छ भने त्रिभुवन आर्मी क्लबको ९ खेलमा १२ अंक रहेको छ र लिगमा ८औं स्थानमा रहेको छ ।

     

  • सम्बन्धित विषय:

  • # फुटबल