शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : संकटा र एपीएफ, सातदोवाटो र पुलिस भिड्दै

एक्सप्रेस पाना
बैशाख ३, २०८० आइतबार
  • 177
    SHARES
  • ए डिभिजन लिग : संकटा र एपीएफ, सातदोवाटो र पुलिस भिड्दै

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज आठौं चरणको अन्तिम २ खेल हुँदै छन् ।

    images

    आज हुने २ अ‍ेल च्यासल र दशरथ रंगशालामा एक एक खेल हुने छन् । 

    च्यासल मैदानमा दिउँसो ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लब भिड्ने छन् । संकटा र एपीएफ दुवै चौथो जितका खोजिमा हुने छन् ।

    images

    जारी सिजन संकटा १२ अंकका साथ सातौं तथा एपीएफ ११ अंकका साथ नवौं स्थानमा छ ।

    यस्तै यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । यो खेल साँझ ६ बजे सुरुहुने छ ।

    अहिले सातदोवाटो १६ अंकका साथ शीर्ष स्थानमा छ भने पुलिस ४ अंकसहित पुछारमा रहेको छ । तालिकामा अहिले जावलाखेल युथ क्लब १७ अंकसहित शीर्ष स्थानमा छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल