काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आठौं चरणको खेलमा संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ ।
आइतबार च्यासल मैदानमा भएको खेलमा संकटाले एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितमा खेलको २८औं मिनेटमा जुनियर अन्केनगुयले पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
उक्त जितसँगै संकटाको ९ खेलमा १५ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै एपीएफको ९ खेलमा ११ अंक रहेको छ ।



