काठमाडौँ । राधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् । आजका दुवै खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछन् ।
आज एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ । हिमालयन शेर्पाको अहिलेसम्म ८ खेलमा ९ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ । त्यस्तै फ्रेन्ड्स क्लबको ८ खेलमा ५ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
त्यस्तै आजै च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने छ । अहिले थ्री स्टार क्लबको ८ खेलमा १४ अंक रहेको छ भने चर्च ब्वाइजको ८ खेलमा १४ अंक नै रहेको छ । यो सँगै आठौं चरणको खेलहरु सकिने छन् ।



