काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडले नोट्टिंघम फरेस्टलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोट्टीघम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनी र डिओगो डालोटले एक एक गोल गरेका थिए ।
एन्टोनीले खेलको ३२औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने डालोटले खेलको ७६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।
उक्त जितसँगै म्यानचेस्टर युनाइटेड लिगमा तेस्रो स्थानमा उक्लिएको छ । म्यानचेस्टर युनाइटेडको ३० खेलमा ५९ अंक भएको छ । त्यस्तै नोट्टीघम फरेस्टको ३१ खेलमा २७ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।



