काठमडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन् ।
सोमबार च्यासल खेल मैदानमा भएको खेलमा थ्री स्टार र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
उक्त बराबरीसँगै दुवै टोलीको ९/९ खेलबाट १५ अंक पुगेको छ । गोल अन्तरका आधारमा चर्च ब्वाइज तेस्रो र थ्री स्टार छैटौं स्थानमा रहेको छ ।



