काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतग पहिलो खेलमा नेपाललाई मलेसियाले २३६ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निधारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनायो ।
मलेसियाका लागि अहमद फैजले सर्वाधि ७६ रनको योग्दान दिए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे ।
विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मुहम्मद आमिर १७ रनमा अउट भए । यस्तै विजय उन्नी १२, सायद अजिज १३, खिजार ह्यातले २२ र साजरुल इद्रासले अविजित १५ रन बनाए ।
यता नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३/३ विकेट लिए । यस्तै रलित नारायण राजवंसी २ र गुल्सन झाले १ विकेट लिए ।



