काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्बलले लगतार तेस्रो हार ब्यहोरेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी त्रिभुवन आर्मी क्बलसँग १-० गोलले पराजित भएको हो ।
आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे ।
उनले खेलको ७५औं मिनेटमा गरेको गोलनै आर्मीको जितमा निर्णायक बन्यो । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्डमा सुदिलले गोल गरे ।
उक्त जितसँगै आर्मीले १० खेलमा १५ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा उक्लिएको छ । मनाङले १० खेलमा १५ अंक जोडेको छ ।



