शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 184
    SHARES
  • रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

    काठमाडौँ । साविक विजेता रियल म्याड्रिड यूरोपको सबै भन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    images

    मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लिगमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ४-० को नतिजा निकाल्दै सेमिफाइनलमा पुगेको हो ।

    रियल म्याड्रिडको जितमा रोड्रीगोले दुवै गोल गरेका थिए । यसअघि भएको पहिलो लिगमा पनि रियल म्याड्रिडले २-० को जित निकालेको थियो ।

    images

    त्यस्तै इटालियन क्लब एसी मिलानले नापोलीलाई समग्रमा २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल