काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज बुधबार तीन खेल हुँदैछ । दुई खेल दिउँसो ३ बजे र एक खेल साँझ ६ बजेबाट सुर हुनेछ ।
आज एक खेल च्यासल रंगशालामा र दुई खेल दशरथ रंगशालामा हुनेछ ।
च्यासल रंगशालामा हुने खेलमा जावलाखेल युथ क्बलले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
यस्तै आज हुने अर्को खेलमा एपीएफ क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । भने आजै साँझ ६ बजे हुने खेलमा फ्रेन्ड्स क्बलले संकटा क्बलसँग खेल्नेछ ।
जारी सिजन ९ खेलबाट १७ अंकसहित जावलाखेल शीर्ष स्थानमा रहेको छ । भने समान अंक रहेको सातदोबाटो दोस्रो स्थानमा रहेको छ ।



