काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बुधबार च्यासल मैदानमा भएको खेलमा जावलाखेलले नेपाल पुलिसलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
पुलिस खेलको २९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । पुलिसका कप्तानले रातो कार्ड ब्यहोरेका थिए ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको जावलाखेलले दोस्रो हाफमा थप ५ गोल गर्दा एक गोल ब्याहोरेको थियो ।
जावलाखेलको जितमा हिसव थपलिया, निकोटो सिनोभसले समान २/२ गोल गरे भने अब्दुलअजीज र फोडे फोफानालेनाले एक एक गोल गरे ।
उक्त जितसँगै जावलाखेलको १० खेलमा २० अंक भएको छ र जावलाखेल लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबको भने १० खेलमा ५ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।



