शुक्रबार, भाद्र २६ गते २०८३
images

गणेश भट्ट अभिनित 'जीवन साथी' को पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 332
    SHARES
  • गणेश भट्ट अभिनित 'जीवन साथी' को पोस्टर सार्वजनिक

    काठमाडौं- गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो 'जीवन साथी' को पोस्टर सार्वजनिक गरिएको छ ।

    images

    बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो ।

    पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन् । सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ ।

    images

    म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन् । म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ ।