शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संकटामाथि फ्रेन्ड्सको सहज जित

एक्सप्रेस पाना
बैशाख ६, २०८० बुधबार
  • 212
    SHARES
  • संकटामाथि फ्रेन्ड्सको सहज जित

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १०औंं चरणको खेलमा फ्रेन्ड्स क्लबले संकटा क्लबमाथि सहज जित निकालेको छ । 

    images

    बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो तथा अन्तिम खेलमा फ्रेन्ड्स ३-१ खेलले विजयी भयो । 

    फ्रेन्ड्सको जितमा खेलको चौंथो मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

    images

    नवौं मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई १-१ गोलको बराबरीमा ल्याए ।

    २५औं मिनेटमा टोरीक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।

    त्यसपछि खेलको इन्जुरी समयमा राफिक एमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को जित दिलाए ।  

    फ्रेन्ड्सको यो तेस्रो जित हो । फ्रेन्ड्स १० खेलमा ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ । यता पराजित संकटा भने समान खेलबाट १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल