शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : दशौं चरणका अन्तिम २ खेल हुँदै

एक्सप्रेस पाना
बैशाख ७, २०८० बिहीबार
  • 188
    SHARES
  • ए डिभिजन लिग : दशौं चरणका अन्तिम २ खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुदैँछ । 

    images

    लिग अन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ बिच प्रतिस्पर्धा हुनेछ । 

    एन्फा कम्प्लेक्स सातदोबाटोमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

    images

    तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अंक जोडेको छ भने  दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।

    उता, दशरथ रंगशालामा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ भिडने छन् । सो खेल साँझ ६ बजेवाट सुरु हुनेछ ।

    छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल