शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चर्च ब्वाइजले सातदोबाटोलाई हरायो

एक्सप्रेस पाना
बैशाख ७, २०८० बिहीबार
  • 185
    SHARES
  • चर्च ब्वाइजले सातदोबाटोलाई हरायो

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । 

    images

    बिहिवार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    चर्च ब्वाइजको जितमा आशिष चौधरी र मिलन राईले गोल गरेका थिए भने सातदोबाटोका‌ लागि निरज चौधरीले एक गोल गरेका थिए ।

    images

    खेलको सातौं मिनेटमा आशिषको गोलबाट चर्च ब्वाइजले शुरुवाती अग्रता लिएको थियो भने खेलको ३४औं मिनेटमा सातदोबाटोका‌ लागि निरजले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि मिलनले निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई खेल जिताएका थिए ।

    उक्त जितसँगै चर्च ब्वाइज १० खेलमा १८ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने १० खेलमा १७ अंकसहित सातदोबाटो चौथो स्थानमा झरेको छ । आजै हिमालयन शेर्पा क्लबलाई १-० ले हराएको थ्री स्टार १८ अंकसहित अंक गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल