काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ ।
बिहिवार दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा आशिष चौधरी र मिलन राईले गोल गरेका थिए भने सातदोबाटोका लागि निरज चौधरीले एक गोल गरेका थिए ।
तस्बिरहरु










