काठमाडौं । राजधानीमा जारी यस सिजको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।
लिगमा आजबाट ११औं चरणको खेल सुरु हुन लागेको हो आज हुनेल दुई खेल दिउँसो तीन बजे एकै समयमा एन्फा मुख्यालय सातदोबाटो र च्यासल रंगशालामा हुनेछ ।
एन्फा मुख्यालयमा हुने खेलमा विभागिय ड्रबीमा नेपाल पुलिस क्बलले त्रिभुवन आर्मीको सामना गर्नेछ । जारी सिजन १० खेलबाट १५ अंक बनाएको आर्मी पाँचौं स्थानमा रहेको छ । उसले ४ जित, ३ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ भने समान खेलबाट ५ अंकसहित पुलिस पूछारमा रहेको छ । पुलिसले जारी सिजनमा ७ हार २ बारबरी र एक खेलमा जित निकालेको छ ।
यता च्यासल रंगशालामा आजै हुने अर्को खेलमा न्यूरो टिम एनआटीले विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबको समना गर्नेछ । जारी सिजन १० खेलबाट १४ अंक बनाएको एपीएफ आठौं स्थानमा रहेको छ भने समान खेलबाट १० अंकसहित एनआरटी ११औं स्थानमा रहेको छ ।



