काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत ११औं चराणको खेलमा न्यूरोड टिम एनआटीले एपीएफ फुटबल क्लबलाई पराजित गरेको छ ।
शुक्रबार च्यासल मैदानमा भएको खेलमा न्युरोडले एपीएफलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
न्युरोडका लागि एकमात्र निर्णायक गोल सञ्जीव विष्टले गरेका थिए ।
उक्त जितसँगै एनआरटीले ११ खेलबाट १३ अंकका साथ तालिकाको १०औ स्थानमा छ भने एपिएफ १४ अंकका साथ तालिकाको आठौं स्थानमा रहेको छ ।
त्यस्तै शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीले गोलरहीत बराबरी खेल्दै अंक बाडेका छन् ।
बराबरीसंगै पुलिस ६ अंकका साथ तालिकाको पुछारमा रहेको छ भने आर्मी १६ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।



