शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शेर्पाले सातदोबाटोलाई बराबरीमा रोक्यो

एक्सप्रेस पाना
बैशाख १०, २०८० आइतबार
  • 196
    SHARES
  • शेर्पाले सातदोबाटोलाई बराबरीमा रोक्यो

    काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता २०७९/८० अन्तर्गत हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई बराबरीमा रोकेको छ ।

    images

    आइतबार च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटोलाई २-२ गोलको बराबरीमा रोकेको हो ।

    खेलमा दुई पटकसम्म पछि परेको हिमालयन शेर्पाले खेलमा दुवै पटक कमब्याक गर्दै सातदोबाटोको जितलाई रोकेको थियो ।

    images

    हिमालयन शेर्पाका लागि निसान लिम्बु र सुशील लामाले एक एक गोल गरेका थिए भने सातदोबाटोका लागि दिपक सिंह ठकुरीले दुवै गोल गरेका थिए ।

    उक्त बराबरीसँगै सातदोबाटोको ११ खेलमा १८ अंक भएको छ भने हिमालयन शेर्पाको ११ खेलमा १० अंक भएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल