शुक्रबार, श्रावण २९ गते २०८३
images
images

युनाइटेड एफए कपको फाइनलमा

एक्सप्रेस पाना
बैशाख ११, २०८० सोमबार
  • 202
    SHARES
  • युनाइटेड एफए कपको फाइनलमा

    काठमाडौँ । इंग्लिस क्बल म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ ।

    images

    आइतबार राति भएको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले सडन डेथमामा ब्राइटनलाई पराजित गर्दै एफए कपको फाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटको खेल र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    images

    पेनाल्टी सुट आउटमा म्यानचेस्टर युनाइटेडले ७-६ ले खेल जितेर फाइनलमा पुगेको हो ।

    अब एफए कपको फाइनल खेल म्यानचेस्टर डर्बी हुने भएको छ । फाइनल खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड आगामी जुन ३ मा विम्बली स्टेडियममा भिड्ने छन् ।

  • सम्बन्धित विषय:

  • # फुटबल