शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एन्फाको अनुशासन समितीद्वारा मछिन्द्रसहित चार क्लबलाई कारवाही

एक्सप्रेस पाना
बैशाख ११, २०८० सोमबार
  • 244
    SHARES
  • एन्फाको अनुशासन समितीद्वारा मछिन्द्रसहित चार क्लबलाई कारवाही

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन समितिले राजधानीमा जारी यस सिजनको शहीद स्मारक ए डिभिजन लिग अन्तर्गतका विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको आरोपमा चारलाई कारवाही गरेको छ ।

    images

    एन्फाले संकटा क्लब, मच्छिन्द्र फुटबल क्लब, एफसी खुमलटार, एपीएफ फुटबल क्लब र केहि पदाधिकारीलाई कारबाही गरेको जनाएको छ ।

    एन्फाले बैशाख ३ मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै संकटा क्लबलाई १० हजार जरिवाना गरेको छ । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको २६ मिनेट ढिलो सुरु भएको थियो । सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपीएफ फुटबल क्लबलाई ५ हजार जरिवाना गरेको छ । एपीएफ क्लबका अधिकारी जिवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो ।

    images

    गत बैशाख ६ मा मच्छिन्द्र फुटबल क्लबविरुद्धको खेलमा फोर्थ अफिसियल ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका अधिकृत पाण्डेलाई आठ खेलको निलम्बन र १० हजार जरिवाना गरिएको छ । पाण्डेले खेलपछि अफिसियललाई हातपात गरेका थिए र फिफा अनुशासन संहिता (२), दफा (१ एल) बमोजिम कारबाही गरिएको थियो।

    समितिले गत चैत्र २८ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार जरिवाना गरेको थियो । च्यासल रंगशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो ।

    त्यस्तै बैशाख २ मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई १० हजार जरिवाना गरिएको छ ।एनआरटीसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

  • सम्बन्धित विषय:

  • # फुटबल