काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत एपीएफ क्लबले एफसी खुमलटार क्लबलाई पराजित गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफ क्लबले खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा अबडोउ रमानी र अरमान बीडोउमले एक एक गोल गरेका थिए ।
उक्त जितसँगै एपीएफको १२ खेलमा १७ अंक भएको छ र लिगमा पाँचौं स्थानमा उक्लिएको छ । यता पराजित खुमलटारको यो खेलपछि १२ खेलमा १३ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ ।



