शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 208
    SHARES
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछ । 

    images

    आज दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा मुख्यालय सातदोबाटोमा हुनेछ । 

    आज एन्फा मुख्यालयमा हुने खेलमा मनाङ मर्याङदी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । पछिल्लो ४ खेलमा पराजय ब्यहोरेको मनाङ आजको खेलमा जित निकाल्नु पर्ने दबाबमा रहेको छ । जारी सिजन ११ खेलबाट मनाङले १५ अंक बनाएको छ । 

    images

    समान खेलबाट ६ अंकसहित पुलिस पुछारमा रहेको छ । आजको खेलमा जि निकाल्दै पुलिस थप ३ अंक जोड्ने दाउमा हुनेछ । 

    यस्तै आजै सोहि समय दिउँसो ३ बजे हुने अर्को खेलमा फ्रेन्ड्स क्बलले एनआरटीसँग खेल्नेछ । एनआरटी १३ अंकसहित १०औं स्थानमा रहेको छ भने समान ११ खेलबाट ११ अंकसहित १२औं स्थानमा रहेको छ । 

    साझ ६ बजे हुने खेलमा बलियो टोली त्रिभुवन आर्मीले चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । जारी सिजन १६ अंक बनाएको आर्मी छैटौं स्थानमा रहेको छ । यता चर्च ब्वाइज भने समान खेलबाट १८ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

    जारी सिजन ११ खेलबाट २३ अंक बनाएको जावलाखेल शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट २१ अंकसहित थ्री स्टार दोस्रो स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल