शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एनआरटीमाथि फ्रेन्ड्सको सहज जित

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 194
    SHARES
  • एनआरटीमाथि फ्रेन्ड्सको सहज जित

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत न्युरो टिम एनआरटीलाई फ्रेन्ड्स क्बलले पराजित गरेको छ ।

    images

    मंगलबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले न्यूरोड टिमलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले एक एक गोल गरेका थिए ।

    images

    त्यस्तै न्यूरोड टिमका लागि एक गोल संजीव विष्टले गरेका थिए । पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको फ्रेन्ड्सले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

    उक्त जितसँगै फ्रेन्ड्स क्लबको १२ खेलमा १४ अंक भएको छ भने न्यूरोड टिमको यो हार पछि १२ खेलमा १३ अंक रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल