शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मनाङको लगातार पाँचौं हार

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 248
    SHARES
  • मनाङको लगातार पाँचौं हार

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्याङदी क्बलले लगातार पाँचौं हरा ब्यहोरेको छ । 

    images

    मंगलबार एन्फा मुख्यालय सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्बलले मनाङलाई १-० गोलले पराजित गरेको हो । 

    नेपाल पुलिसको जितमा  मुहमद आसिकले निर्णायक गोल गरे ।

    images

    खेलको सातौं मिनेटमा मुहमदले गोल गरेका थिए । जुन गोल पुलिसको जितमा निर्णायक रह्यो ।

    उक्त जितसँगै पुलिसले १२ खेलमा ९ अंक जोडेको छ । यता मनाङको भने यो लगातार पाँचौं हार हो । मनाङ १२ खेलमा १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल