शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : चर्च ब्वाइजलाई हराउँदै आर्मी तेस्रो स्थानमा

एक्सप्रेस पाना
बैशाख १२, २०८० मंगलबार
  • 229
    SHARES
  • ए डिभिजन लिग : चर्च ब्वाइजलाई हराउँदै आर्मी तेस्रो स्थानमा

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पाँचौं जित निकालेको छ ।

    images

    मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    आर्मीको जितमा जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । उनले खेलको १२औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

    images

    उक्त जितसँगै आर्मीले १२ खेलमा १९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

    यस्तै यता चर्च ब्वाइजको भने यो लगातार दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल