सोमबार, कार्तिक १७ गते २०८३
images
images

साउदी अरेबियाली सेनाको कारबाहीमा यमनमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 526
    SHARES
  • साउदी अरेबियाली सेनाको कारबाहीमा यमनमा २० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

    एजेन्सी । यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ । यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन् । ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए ।

    images

    सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ । शनिबार साँझ सो कारबाही भएको थियो ।

    त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो ।

    images

    त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन । मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ ।