शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शीर्ष स्थानको जावलाखेल शेर्पासँग स्तब्ध

एक्सप्रेस पाना
बैशाख १३, २०८० बुधबार
  • 198
    SHARES
  • शीर्ष स्थानको जावलाखेल शेर्पासँग स्तब्ध

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत १२औं चरणको अन्तिम खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब हिमालयन शेर्पा क्बलसँग पराजित भएको छ । 

    images

    बुधबार दशरथ रंगशालामा भएको खेलमा जावलाखे शर्पासँग २-१ गोलले स्तब्ध भएको हो । 

    शेर्पाको जितमा जितमा पिस्टन मुतम्बाले दुवै गोल गरेका थिए । उनले खेलको १०औं र १९औं मिनेटमा गोल गरेका थिए । त्यस्तै जावलाखेलका लागि एक गोल खेलको ७२औं मिनेटमा एन्कोटो मसोआबीले फर्काएका थिए ।

    images

    हिमालयन शेर्पाको जारी लिगमा यो तेस्रो जित हो । १२ खेलमा हिमालयन शेर्पाको १३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

    त्यस्तै जावलाखेलको भने १२ खेलमा २३ अंक रहेको छ र हारपछि पनि लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल