शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्सनलमाथि सिटीको शानदार जित

एक्सप्रेस पाना
बैशाख १४, २०८० बिहीबार
  • 223
    SHARES
  • आर्सनलमाथि सिटीको शानदार जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल म्यान्चेस्टर सिटीसँग पराजित भएको छ । 

    images

    बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४-१ गोल अन्तरले पराजित गरेको हो । 
     
    घरेलु टोली सिटीको जितमा डि ब्रुएनले २, जोन स्टोन्स र एर्लिङ ब्राउन हालान्डले समान एक एक गोल गरे । 

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल ब्यहोरेको थियो । 

    images

    उक्त सिटीसँगको हारसँगै आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । जारी सिजन आर्सनलको ३३ खेलबाट ७५ अंक रहेको छ । आर्सनललाई हराएसँगै दुई खेल कम खेलेको सिटीको उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।

    जारी सिजन दोस्रो स्थानमा रहेको सिटीको ३१ खेलबाट ७३ अंक पुगेको छ ।

    यस्तै अन्य खेलको नतिजा

    वेस्ट ह्याम १-२ लिभरपुल
    चेल्सी ०-२ ब्रेन्टफोर्ड
    नटिर्गम ३-१ ब्राइटन 

  • सम्बन्धित विषय:

  • # फुटबल