शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कतारमाथि नेपालको शानदार जित, समुह विजेता बन्यो

एक्सप्रेस पाना
बैशाख १४, २०८० बिहीबार
  • 165
    SHARES
  • कतारमाथि नेपालको शानदार जित, समुह विजेता बन्यो

    काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले कतारमाथि शानदार जित निकालेको छ ।

    images

    नेपालले १५८ रनको लक्ष्य पछाएको कतारलाई २५.१ ओभरमा ८९ रनमा अलआउट गर्दै ६८ रनको शानदार जित निकालेको हो ।

    कतारका लागि जाहीर इब्राहिम र खुराम शाहजाडले १५/१५ रन बनाए भने अमिर फारुकले १४ रन बनाएका थिए । कतारका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  

    images

    नेपाली बलर सन्दीप लामिछानेले सर्बाधिक ५ विकेट लिए । सन्दीपले ९.१ ओभरमा १४ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिए ।

    यसअघि कतारविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो । 

    नेपालका लागि सन्दीप लामिछानेले सर्बाधिक ४२ रन बनाएका थिए भने उनलाई ललित राजबंशीले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गरेर साथ दिएका थिए । ललितले १ रन बनाएका थिए । 

    त्यस्तै कप्तान रोहित पौडेलले  २७ रन बनाए भने आसिफ शेखले १९, गुलशन झा ७, दिपेन्द्र सिंह ऐरी १२, आरिफ शेख ११, सोमपाल कामी ११, कुशल मल्ल ३, भीम सार्कीले ६ र कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए । 

    कतारका बलर आमिर फारुकले सर्बाधिक ४ विकेट लिए भने ओवासिस अहमदले ३, गायन मुनावीराले २ विकेट र इक्रामुल्लाह अहमदले एक विकेट लिएका थिए ।

    यो जितपछि नेपाल समुह ए मा ४ खेलमा ७ अंकसहित समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै  समुह ए बाट ओमना उपविजेता हुदै सेमिफाइनलमा पुग्ने छ ।

    यस्तै अर्को खेलमा हङकङलाई हराउँदै कुवेतले सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल