शुक्रबार, श्रावण २९ गते २०८३
images
images

खुमलटारमाथि पुलिसको सहज जित

एक्सप्रेस पाना
बैशाख १४, २०८० बिहीबार
  • 244
    SHARES
  • खुमलटारमाथि पुलिसको सहज जित

    काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले खुमलटारलाई पराजित गरेको छ ।

    images

    विहिबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटारलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    नेपाल पुलिस क्लबको जितमा अहमद हिजाजीले दुई गोल गरेका थिए भने मोसे ग्याबाहले एक गोल गरेका थिए ।

    images

    त्यसैगरी खुमलटारका लागि एक गोल मेसुके ओलोउमोउले गरेका थिए ।

    No description available.

    उक्त जितसँगै नेपाल पुलिस क्लबको १३ खेलमा १२ अंक भएको छ र लिगमा पुछारमा नै रहेको छ । त्यस्तै यता पराजित खुमलटारले भने यस सिजनको आठौँ हार बेहोरेको छ । यो खेलपछि खुमलटारको १३ खेलमा १३ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।   

  • सम्बन्धित विषय:

  • # फुटबल