शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू-१७ महिला टिमले आज जोर्डनसँग खेल्दै

एक्सप्रेस पाना
बैशाख १५, २०८० शुक्रबार
  • 246
    SHARES
  • यू-१७ महिला टिमले आज जोर्डनसँग खेल्दै

    काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज शुक्रबार जोर्डनको सामना गर्दैछ ।

    images

    नेपालले प्रिन्स मोहमद स्टेडियममा आयोजक जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

    समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसँग हार व्यहोरेको थियो । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

    images

    यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल