काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज १३औं चरणको एक खेल हुँदैछ । आज हुने एक खेलमा यूरो टिम एआटीले थ्री स्टार क्बलसँग खेल्ने छ ।
यो खेल दिउँसो ३ बजे एन्फा मुख्यालय सातदोबाटोमा हुने छ । जारी सिजन १२ खेलबाट २२ अंक बनाएकाने थ्री स्टारलाई आजको खेलमा जित निकाल्न सके शीर्ष स्थानमा उक्ले अवसर रहेको छ ।
यता जारी सिजन खराब लयमा गुज्रियको एनआटीलाई आजको खेलमा जित निकाल्नु पर्ने दबाबमा रहेको छ । जारी सिजन १२ खेलबाट १ अंकसहित ११औं स्थानमा रहेको छ ।



