काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले घरेलु टोली जोर्डनमाथि शानदार जित निकालेको छ ।
शुक्रबार जोर्डनस्थित प्रिन्स मोहमद स्टेडियममा सम्पन्न खेलमा नेपालले जोर्डनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसँग हार व्यहोरेको थियो । बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
अब यस समुहको अर्को खेल इरान र जोर्डनबीच आइतबार हुने छ । सो खेलमा जोर्डनले इरानलाई पराजित गरेमा नेपाल समुह विजेता हुने सम्भावना कायम रहेको छ ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।



