एजेन्सी । साउदी प्रो लिग फुटबल प्रतियोगिता अन्तर्गत अल नासरले अल राएदलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा अल नासरले अल राएदलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, अब्दुलराहमान घरीब, मोहमद मरान र अब्दुलमजीब अल सुलाईहीमले एक एक गोल गरेका थिए ।
अल नासरको पछिल्ला चार खेलमा यो पहिलो जित हो । चार मध्ये दुई खेलमा हार बेहोरेको थियो भने एक जित र एकमा बराबरीमा रोकिएको थियो ।
उक्त जितसँगै अल नासरको साउदी प्रो लिगमा २५ खेलमा ५६ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल इतिहाद २४ खेलमा ५९ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
यता पराजित अल राएदको २४ खेलमा २६ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।



