शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : आज तीन खेल हुँदै

एक्सप्रेस पाना
बैशाख १६, २०८० शनिबार
  • 199
    SHARES
  • ए डिभिजन लिग : आज तीन खेल हुँदै

    काठमाडौं । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अन्तर्गत आज शनिबार ३ खेल हुँदै छ । 

    images

    आज २ खेल दिउँसो ३ बजे र एक खेल साझ ६ बजेबाट दशरथ रंगशालामा हुनेछ । 

    आज हुने दिनको पहिलो खेलमा च्यासल रंगशालामा संकटा क्लब र जावलाखेलबीच हुनेछ । जारी सिजन शीर्ष स्थानमा रहेको जावलाखेल आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा बलियो अंक बनाउने दाउमा रहेको छ । 

    images

    यस्तै आजै सोहि समयमा दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्बलले त्रिभुवन आर्मीको समना गर्नेछ । जारी सिजन १२ खेलकाट १९ अंक बनाएको आर्मी चौथो स्थानमा रहेको छ । यस्तै समान खेलबाट १३ अंक बनाएको शेर्पा पूछारबाट दोस्रो स्थानमा रहेको छ । 

    आजै हुने दिनको अन्तिम खेलमा लगातार पाँचौ खेलमा पराजय ब्यहोरेको मनाङ मर्स्याङदी क्बल लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको चर्च ब्वाइज युनाइटेडेको सामना गर्नेछ । जारी सिजन १२ खेलबाट १५ अंक बनाएको मनाङ नौं स्थानमा रहेको छ । चर्च ब्वाइज भने समान खेलबाट १८ अंकसहित पाँचौ स्थानमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # फुटबल