शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसीसी प्रिमियर कप : ओमानलाई हराउँदै यूएई फाइनलमा

एक्सप्रेस पाना
बैशाख १६, २०८० शनिबार
  • 253
    SHARES
  • एसीसी प्रिमियर कप : ओमानलाई हराउँदै यूएई फाइनलमा

    काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि युनाइटेड अरब इमिरेट्स ९यूएई० को सामना गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा प्रवेश गरेको हो ।

    images

    अर्कोतर्फ त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण नेपाल र कुवेतबीचको खेल पूरा हुन नसकेपछि समूह चरणको नतिजा अनुसार नेपाल फाइनलमा प्रवेश गर्यो ।

    मुलपानी क्रिकेट मैदानमा पनि पानी परेपछि यूएईले ओमानलाई डिएल मेथडमा २ रनले पराजित गर्यो ।

    images

    पहिले ब्याटिङ गर्दै यूएईले ४९ ओभर २ बलमा २ सय ३६ रन बनाएको थियो । तर, २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन जोड्दा खेल वर्षाले अवरुद्ध भयो । त्यसपछि यूएई २ रनले विजयी भयो ।

    नेपाल र यूएईबीचको फाइनल मे १ तारिखमा हुनेछ । उपाधि विजेताले पाकिस्तान र भारतको समूहमा रहँदै एसिया कप खेल्नेछ । 

  • सम्बन्धित विषय:

  • # फुटबल