शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ए डिभिजन लिग : वर्षाको कारण रोकिएका दुबै खेल भोलि हुने

एक्सप्रेस पाना
बैशाख १६, २०८० शनिबार
  • 206
    SHARES
  • ए डिभिजन लिग : वर्षाको कारण रोकिएका दुबै खेल भोलि हुने

    काठमाडौं । भारी वर्षाका दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल भोलि हुने भएको छ ।

    images

    शनिबार रोकिएको दुई खेल सोहि समयबाटै आइतबार शुरु हुने बताएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले छ । संंकटा र जावलाखेलबीचको खेल आइतबार दिउँसो १ बजेपछि एन्फा मुख्यालय सातदोशाटोमा हुने एन्फाले जनाएको छ ।

    यता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब विभागीय त्रिभुवन आर्मी क्लबबीचको खेल भारी वर्षापछि बल नै गुड्न नसक्ने भएपछि खेल रोकिन पुगेको थियो ।

    images

    खेलको ७२औं मिनेटम चलिरहँदा रेफ्री कविन व्यन्जनकारले खेललाई रोकेका हुन् । ७२औं मिनेटको खेलसम्म शेर्पा र आर्मीले १–१ गोलको बराबरीमा छ । अब यो खेल भोलि ४:३० बजे पुन दशरथ रंगशालामा हुने एन्फाले जाएको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल