काठमाडौँ । राजधानीमा जारी यस सिजनको शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदै छन् ।
आज च्यासल मैदानमा अपराहन्न ३ बजेदेखि सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुँदै छ । जारी लिगमा सातदोबाटोको १३ खेलमा २२ अंक छ र लिगमा तेस्रो स्थानमा छ भने हिमालयन शेर्पाको १३ खेलमा १४ अंक छ र लिगमा १३औं स्थानमा रहेको छ ।
त्यसैगरी आज फ्रेन्ड्स क्लब र चर्च ब्वाइज क्लबबीच अपरान्ह ३ बजेदेखि दशरथ रंगशालामा खेल हुदै छ । जारी लिगमा फ्रेन्ड्स क्लबको १३ खेलमा १५ अंक छ र लिगमा १२औं स्थानमा छ भने चर्च ब्वाइजको १३ खेलमा २१ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यस्तै आज त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच साँझ ६ बजेदेखि दशरथ रंगशालामा खेल हुँदै छ । त्रिभुवन आर्मी क्लब जारी लिगमा १३ खेलमा २० अंकसहित पाँचौं स्थानमा छ भने मनाङ मर्स्याङ्दी क्लब १३ खेलमा १५ अंकसहित लिगमा ११औं स्थानमा रहेको छ ।



